हजूरआमाले पनि हामीलाई छोडेर जानुभयो






मैले सुनेको अन्तिम बोली (२०६६, असार)
घडीको सुईले डीसेम्बर २०१०, ९ तारिख, बिहान ९:३० बजे देखाएको थियो, म मेरो प्रयोगशालामा दैनिक जस्तै आफ्नो रिसर्चमा ब्यस्त थिए | नेपालबाट मेरो बुबाको मोबाइलबाट एकाबिहान ६-७ कल फोन आयो तर सम्पर्क हुनसकेन | उही नेपालको फोनको समस्या त होनी | म भने अहिले म क्याम्पसमा छु म संग अहिले फोन कार्ड छैन घर पुगे पछि फोन गर्छु भन्दै थिए एकोहोरो | यसरी एकाबिहान फोन कहिले पनि आएको थिएन त्यसैले मनमा अनेकौ राम्रा-नराम्रा कुराहरुको बादल लाग्न थाल्यो | साथी भाइसंग फोन कार्ड मागी फोन गर्न खोजे तर सम्पर्क हुनसकेन अनि इन्टरनेटमा साथीहरु कोही अनलाइन भेटिन्छ की भनी याहू म्यासेजर खोल्छु त साथीले (राजेंद्र ) अघिल्लो दिनमा नै हजूरआमा बित्नु भएको म्यासेज आएको रहेछ | दुई दिन अघि मात्र ममीसंग कुरा हुदा हजूरआमा बच्चा जस्तै गरि माटोमा खेलिरहनु भएको छ भन्नु भएको थियो | मलाई हजूरआमाको मृत्यु भएको पत्याउनै गार्हो भयो | फोन सम्पर्क गर्न खोजे सम्पर्क भयो | एक्कासी भक्कानो छुट्यो र म बोल्न सकीन |
No comments:
Post a Comment
Note: Only a member of this blog may post a comment.