MADHU SUDAN KAYASTHA
Friday, January 13, 2012
Thursday, January 12, 2012
मासायोकी खावासे दाईलाई मेरो नमस्कार
नेपाल बिभिन्न बर्ण भाषाभाषी
जातजातीद्वारा सजिएको देश हो | जस मध्ये अल्पसंख्यक्
अल्पबिकसित एवम आदिवासीहरु मध्य पिछडिएको जाती चेपाङ्ग जाती हो | चितवन, धादिङ, मकवानपुर, तनहुँ र गोरखाका विकट पहाडी भेगमा बसोबास गर्ने करिब ५५ हजार जनसंख्या रहेको चेपाङ्ग जाति आर्थिक, सामाजिक, शैक्षिक हरेक हिसाबले निकै पछाडि परेको छ । कुल चेपाङ जनसङ्ख्याको चितवनमा ३८ %, मकवानपुरमा ३७ %, धादिङमा १९ % र गोरखामा ७ % रहेको नेपाल चेपाङ्ग संघले जनाएको छ ।
चितवन
जिल्लाको दुर्गम् एवम विकट मानिने दारेचोक, चन्दिभन्ज्यङ, कोराक, सिद्धी, शक्तिखोर आदी गा बि स हरुमा
चेपाङ्गहरुको बाक्लो बसोबासरहेको पाईन्छ | जङ्गलमा फिरन्ते जीवन बिताउनु, गिठ्ठा भ्याकुर खोज्नु, माछा मार्नु र शिकार
खेल्नु यिनीहरूको दिनचर्या हो । खोरिया गरेर उत्पादन गरेको थोरबहुत अन्नले वर्षको
चार महिना पनि खान पुग्दैन । सानै उमेरमा बिहे गर्ने, बग्रेल्ती सन्तान जन्माउनाले आमा र बच्चाको स्वास्थ्यस्थिति निकै
कमजोर पाइन्छ । अत्यन्त गरिबीका कारण कतिपयलाई शरीर ढाक्ने लुगासमेत नहुँदा
निर्वस्त्र बस्नुपर्ने बाध्यता छ । शिक्षामा निकै पछाडि परेको यो समुदायबाट
हालसम्म दुईजनाले मात्र स्नातक तह उत्तीर्ण गरेका छन् भने २१ जनाले प्रवीणता प्रमाणपत्र तह उत्तीर्ण गरेका छन् |
विभिन्न
कारणवस विद्यालय जानबाट वञ्चित चेपाङ्ग जातिका वालवालिकाहरुलाई विद्यालय पठाउन एक जापानिज
नागरिक मासायोकी खावासेले अति पिछडिएको चेपाङ्ग जातिको वाहुल्य भएको चितवनको शक्तिखोरमा रहेको राष्ट्रिय प्राथमिक विद्यालय, सुपारमा अध्यनरत
बालबालिकाहरुलाई विद्यालय आएको बेला दिउसो खाजा खुवाउने कार्यक्रम शुरु गर्नको लागि सो विद्यालयमा पुगी विद्यालयकी प्रध्यानाध्यापक माण्डवी चौतरियालाइरकम हस्तान्तरण गर्नुभएको छ ।
उहाले गत वर्ष पनि यसरीनै रकम हस्तान्तरण गर्नु भएको थियो र अहिले त्यसैको निरन्तरता स्वरूप रकम प्रदान गर्नुभएको हो । जापानिज नागरिक मासायोकी खावासे नागोया निवासी संपूर्ण नेपालीमाज परिचित हुनुहुन्छ |
पटक पटक गरि विभिन्न समयमा नेपाल पुगी चेपांग बस्तीलाइ नजिकैबाट नियालेका
जापानिज नागरिक मासायोकी खावासेले चेपांगका बालबालिकाहरुमा बिधालय जानेनै
इच्छा नहुने भएकोले बिद्यालयमा जाने वातावरण बनोस भनेर आफु र आफ्नो सहयोगी
यमाओका योसिको सहितका साथीहरुबाट यो सहयोग गरिएको बताउछन । जागिरे जीवन बाट
अवकाश पाएपछि नागोयामा सानो रेष्टुरेन्ट व्यवसाय गर्दै आएका खावासे आफ्नो
होटलमा आउने जापानिज ग्राहकलाइ नेपाल र चेपांग बस्तीका बारेमा चिनारी दिने
गर्छन ।
खाजा कार्यक्रम शुरु हुनु भन्दा अगाडिको
२ महिना (भाद्र,असोज ) संग तुलना गर्दा कार्तिक बाट चैत्र सम्मको विधार्थीहरुको
स्कूलमा उपस्थिति हुने क्रममा उत्साहाजनक व्रृद्दि |
(जम्मा खाना = एक महिना भित्र स्कूल
खुलेको दिनमा आउने विधार्थीको संख्या )
Thursday, December 30, 2010
हजूरआमाले पनि हामीलाई छोडेर जानुभयो






मैले सुनेको अन्तिम बोली (२०६६, असार)
घडीको सुईले डीसेम्बर २०१०, ९ तारिख, बिहान ९:३० बजे देखाएको थियो, म मेरो प्रयोगशालामा दैनिक जस्तै आफ्नो रिसर्चमा ब्यस्त थिए | नेपालबाट मेरो बुबाको मोबाइलबाट एकाबिहान ६-७ कल फोन आयो तर सम्पर्क हुनसकेन | उही नेपालको फोनको समस्या त होनी | म भने अहिले म क्याम्पसमा छु म संग अहिले फोन कार्ड छैन घर पुगे पछि फोन गर्छु भन्दै थिए एकोहोरो | यसरी एकाबिहान फोन कहिले पनि आएको थिएन त्यसैले मनमा अनेकौ राम्रा-नराम्रा कुराहरुको बादल लाग्न थाल्यो | साथी भाइसंग फोन कार्ड मागी फोन गर्न खोजे तर सम्पर्क हुनसकेन अनि इन्टरनेटमा साथीहरु कोही अनलाइन भेटिन्छ की भनी याहू म्यासेजर खोल्छु त साथीले (राजेंद्र ) अघिल्लो दिनमा नै हजूरआमा बित्नु भएको म्यासेज आएको रहेछ | दुई दिन अघि मात्र ममीसंग कुरा हुदा हजूरआमा बच्चा जस्तै गरि माटोमा खेलिरहनु भएको छ भन्नु भएको थियो | मलाई हजूरआमाको मृत्यु भएको पत्याउनै गार्हो भयो | फोन सम्पर्क गर्न खोजे सम्पर्क भयो | एक्कासी भक्कानो छुट्यो र म बोल्न सकीन |
Saturday, December 18, 2010
हजुरबुबासंगको अन्तिम क्षण
जन्म दिन: १९७० साल; मृत्यु: २०४६/०३/१८ |
म - हजुरबुबा तपाईलाई कस्तो छ ?
हजुरबुबा - तैले आफै भनिस् कि तेरो बाऊले सिकाएको (अलि ठुलो स्वरमा)
म - हजुरबुबा मैले आफै भनेको
मेरो जवाफ सकिन नपाउदै हजुरबुबाले एक्कासि फेरि भन् त तैले आफै भनिस् कि तेरो बाऊले सिकाएको भन्दै मलाई एक लात्ता हानेर खाटबाट भुईमा खसाल्दिनु भयो | त्यो क्षण नै मेरो हजुरबुबा संगको अन्तिम क्षण थियो | त्यो क्षण म कहिले पनि बिर्सन सक्दिन |
म सानो हुदा जहिले पनि हजुरबुबा संगै रहने गर्दथे | म मेरो आमासंग त केवल दुध खाने समयमा मात्र रहने गर्दथे | सायद म मेरो हजुरबुबाको सबैभन्दा ज्येष्ठ नाति भएकोले नै हो मलाई यति धेरै माया गर्नु भएको | हजुरबुबाले नै मेरो जन्म भएपछि मेरै लागि भनेर गाईपाल्नु भएको थियो रे | म हजुर बुबा संगै पछि पछि लागेर दुध दुन जान्थे रे | हजुरबुबाले तातो काचो दुधले म नअघाउन्जेल सम्म भान्सामा लैजानु हुन्थेन रे |
भनिन्छ, मानिसहरु आफु पर्लोक हुनु भन्दा पहिला नै सबै माथि रहेको आफ्नो मायां ममता त्याग गर्छन या त कसैलाई देख्ने आफ्नो इच्छा पुरा भएर पर्लोक हुन्छन | सायद त्यहि भएर नै होला मेरो हजुरआमा आफ्नो अगाडि पर्दा साथ हजुरबुबा रिसाउनु हुन्थो | अनि अघिल्लो दिन सम्म मलाई मायां गर्नु हुने हजुरबुबाले आफ्नो अन्तिम घडि भएको थाहा पाउनु भएकोले नै मलाई एक लात्ता हानेर खाटबाट भुईमा खसाल्दिनु भएको रहेछ |
हजूरबुबा पहिलो र अन्तिम लात्ता खाए पछी मलाई पेट दुख्न थाल्यो, म माथि कोठामा गए | म माथी गएको कही समय पछि नै हजुरबुबाको मृत्यु भयो | सायद मर्ने बेलामा हजुरबुबाको साथ हुन नलेखेको |
हजूरबुबा पहिलो र अन्तिम लात्ता खाए पछी मलाई पेट दुख्न थाल्यो, म माथि कोठामा गए | म माथी गएको कही समय पछि नै हजुरबुबाको मृत्यु भयो | सायद मर्ने बेलामा हजुरबुबाको साथ हुन नलेखेको |
Subscribe to:
Posts (Atom)